IME Life New

जीवन बीमामा युवाहरुको क्रेज हुन आवश्यक छ, हेमराज रिमालको लेख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हेम राज रिमाल
वि.स २०२४ साल भन्दा पहिले नेपालमा भारतीय जीवन बीमा निगमले विशेष शर्तमा कार्यालय खोलेर व्यवसाय सञ्चालन गर्ने गरेको विभिन्न लेखहरुमा पढ्न पाईन्छ । नेपालको तत्कालिन कम्पनी ऐन २०२१ अनुसार सरकारी स्वामित्वमा रहने गरी वि.स २०२४ सालमा राष्ट्रिय बीमा संस्थान खुलेसंगै नेपालमा बीमाको औपचारिक शुरुवात भएको हो । अधिकृत पुँजी रू. १ करोड र चुक्ता पुँजी रू. २५ लाख रहेको त्यसबेला संस्थानले निर्जीवन बीमा मात्र गर्ने गर्यो  ।

पुरानो तथ्यलाई हेर्ने हो भने वि.सं. २०२९ साल फागुन ७ गतेका दिनदेखि राष्ट्रिय बीमा संस्थानले जीवन बीमाको पनि सुरुवात गरेको थियो । नेपाल मै जीवन बीमाको शुरुवात भएसंगै भारतीय जीवन बीमा निगमले आफ्नो बीमा व्यवसाय संस्थानलाई हस्तान्तरण गरी नेपालमा रहेको आफ्नो कार्यालय बन्द गर्यो ।

Esewa
Crest

यसरी नेपालको बीमा इतिहासलाई हेर्दा जीवन बीमाको क्षेत्रमा अझै केही वर्ष ठुलो सम्भावना छ । नेपालमा बीमा व्यवसाय सुरु भएको पाँच दशकमा २५ प्रतिशत हिस्सा मात्र बीमा भएको देखिन्छ । करिब ४ वर्ष पहिले नेपालमा जम्मा ८ प्रतिशत बीमाको हिस्सा रहेको थियो । हिस्सा दर पछिल्लो केहि वर्ष यता उल्लेखनिय रुपमा बढेको देखिन्छ तर यो नै प्रर्याप्त छैन ।  सरकारले कुल जनसंख्याको ३८ प्रतिशत बीमाको पँहुच बढाउने भनेको छ । सामान्य भाषामा भन्नुपर्दा बीमा करार हो, जोखिम हस्तान्तरणको बिधि हो ।


नेपालमा जीवन बीमा अभिकर्ताको माध्यमबाट गर्ने गरिन्छ । बीमा अभिकर्तालाई हेर्दा पछिल्लो समय युवाहरुको क्रेज बढेको देखिन्छ । समाजसेवाको माध्यमबाट आर्थिक लाभ पनि हुन्छ र बीमीतलाई त जोखिम बहन त हुने नै भयो । हामिलाई चाहिने प्रमुख कुरा जीवन रक्षा र आर्थिक सुरक्षा हो । जीवन रहे मात्रै भविष्यको योजना बन्छ । योजना निर्माणका लागि आर्थिक पाटो बलियो हुनुपर्दछ । सानो सानो रकम बचत र सुरक्षा पनि यो जीवन बीमामा मात्रै हुन्छ । अरु माध्यमबाट बचत त हुन्छ तर सुरक्षा हुँदैन । स्वास्थ्यमा हुने जटिलता, छोराछोरीको शिक्षा, बुढेसकालको साहारा, भईपरि हुनसक्ने जोखिमको लागी जीवन बीमा आवश्यक छ ।

त्यसकारण युवाहरुले अभियानका साथ परनिर्भर हुन र मुलुकको विकासमा भूमिका निर्वाह गर्नको लागी बीमा अभिकर्ता बनि बीमा क्षेत्रमा काम पर्छ । जीवन बीमा नेपालमा हाल सञ्चालनमा रहेका १९ ओटा जीवन बीमा कम्पनीहरु मध्ये जुनमा गर्दा नि हुन्छ । तपाईलाई मन परेको बीमा योजना, हुने जोखिम बहन, अवधी सक्किएपछि आउने लाभका आधारमा बीमा लिन सकिन्छ । आनुुस् युवा साथिहरु हामी सबै मिलेर नेपालको जीवनबीमाको क्षेत्रलाई आमुल परिवर्तन गर्रौं । जोखिम बहन गर्न नसकेर आर्थिक अभावमा कोहि रुन नपरोस् । बचत पनि सुरक्षाका लागि पनि जिवन बीमा गरौं र सबैलाई गराउँ ।

(रिमाल विगत ५ वर्षदेखि जीवन बीमाको क्षेत्रमा क्रियाशिल छन् ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS