कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निम्ति निर्देशक विपिन्न ठाकुरले बाहिरबाट सामान आयात गर्दा राज्यलाई धेरै क्षति हुने गरेको राज्यले स्वदेशी उत्पादनमा जोड दिएको बताए । उद्योगी व्यवसायी राज्यको मेरुदण्ड भएको भन्दै कम पुजी भएका व्यक्ति साना घरेलुमार्फत पनि आर्यआर्जनका साथै देश विकास सहयोग पुर्याउन सक्ने उनले बताए ।
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले प्रदेश सरकार स्थापना भएको झण्डै चार वर्ष हुँदा पनि प्रदेशमा उद्योग र उद्योगीको लागि कानुन तथा लगानीको वातावरण तयार हुन नसकेको बताएका छन् । न्युज कारखाना












