IME Life New

गुराँस लाइफ सहित तीन कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रवार तीन गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, आरएसडिसी लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्दैछन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सभा विहान ११ बजे गर्ने जनाएको छ । सभा जुम मार्फत गर्ने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ । कम्पनीको कार्तिक १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्ष्कको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा, नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने जनाएको छ ।

Crest

यसवर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ३२ करोड ४५ हजारको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो । सभामा उक्त प्रस्तावित लाभांश पारित गर्नेछ ।

सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

त्यसैगरी, आरएसडिसी लघुवित्तले आठौं वार्षिक साधारण सभा आज शुक्रवार बिहान ९ बजे एशियन होटल कालिकानगर बुटवल रुपन्देहीमा गर्ने जानकारी गराएको छ ।

सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कात्तिक २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ११औं वार्षिक साधारणसभा आज गर्दैछ । उक्त सभा भिडियो कन्फरेन्सको माध्यमबाट गर्ने कम्पनीले जनाएको छ । कम्पनीको कार्तिक ७ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन , वितीय विवरणहरू वासलात, नाफा,नोक्सान हिसाब नगद,प्रवाह विवरण लगायतका अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकलाई नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुनेछ ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष ७५/७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले बोनश शेयर वितरणपछि बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पूँजीलाई सोहि अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न स्वीकृति प्रदान गर्ने, प्रस्तावित संशोधनमा नियमनकारी निकायले परिमार्जनरफेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, विभिन्न अमिति तथा उपसमितिहौरलाई प्रदान गरिएको बैठक भत्ता अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि कार्तिक २३ गतेदेखि मङ्सिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS