काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आज नेपाल इन्फ्रास्टक्चर बैंक र मेरो माइक्रोफाइनान्स कम्पनीको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ ।नेप्सेले निफ्राको ८ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयरमूल्य गरी ३३१ रुपैयाँ कायम गरेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य ३५८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा बोलाएको छ ।
त्यसैगरी मेरो माइक्रोफाइनान्सको २० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजनपछि शेयरमूल्य १ हजार २ सय रुपैयाँ कायम भएको छ । कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयर मूल्य १ हजार ४४० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २४ गते साधारण सभा आयोजना गरेको छ ।