काठमाडौं । नेपाल टेलिकमले आकर्षक प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरे पछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा केही समय यता कम्पनीको आकर्षक कारोवार हुँदै आएको छ ।
आज मंसिर ८ गतेको कारोवार हेर्दा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । नेपाल टेलिकमको शेयर ० दशमलव ५५ प्रतिशतले वृद्धि हुँदै बजार मूल्य १४६५ मा बन्द भएको छ । कम्पनीको २६ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो ।
आज कम्पनीको फ्लोरसिट हेर्दा नेपाल टेलिकमको ५८ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने सोही नम्बर ब्रोकरबाट सर्वाधिक बिक्री भएको छ।
५८ नम्बर ब्रोकरबाट ७ करोड ४८ लाख बराबरको शेयर खरिद भएको छ भने ५८ नम्बर ब्रोकरबाटै ४ करोड ९४ लाख बराबरको शेयर बिक्री भएको छ । तर ५८ नम्बर ब्रोकरबाट २ करोड ९५ लाख बराबरको म्याचिङ्ग कारोवार भएको हो।