Connect IPS
IME Life

लाभांश पारित गर्न आईसिएफसीले बोलायो पुस ५ गते एजिएम, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईसिएफसी फाइनान्सको साधारण सभा पुस ५ गते सोमबार हुने भएको छ । सभा आम्रपाली ब्यान्क्वेटमा हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्तावित लाभांश सभाले पारित गर्नेछ ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले लेखापरीक्षण समितिको सिफारीस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखा परीक्षक नियुक्त तथा निजको पारीश्रमिक निर्धारण गर्ने (कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम बाहालवाला लेखापरीक्षक एस।ए।आर एण्ड एसोसिएट्स पुनःनियूक्ति हुन योग्य भएको कुरालाई पारित गर्नेछ ।

सभामा चुक्ता पुँजी बृद्धि गर्ने र सोही अनुसार प्रबन्धपत्र संशोधनलाई स्वीकृत गर्ने,कम्पनीको प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकायवाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गतेदेखि पुस ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS