Connect IPS
IME Life

जनउत्थान सामुदायिक लघुवित्तद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कार्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोर्नु परेका समुह सदस्यहरुलाई राहात वितरण गरेको छ । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

संस्थाले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७, मा अवस्थित शाखा कार्यालय रैकवा र विचवामा आवद्ध करीव ७०० जना, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा अवस्थित शाखा कार्यालय लालझाडीमा आवद्ध करीव ५०० जना र बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा अवस्थित शाखा कार्यालय शान्ति बजारमा आवद्ध ४८ जना गरी १२४८ जना समुह सदस्यहरुलाई करीव २५ लाख बराबरको चामल २५ किलो, दाल २ किलो, तेलर नुन सहित वितरण गरेको हो ।

Prabhu
Crest

तिन वटा फरक फरक स्थानमा भएको औपचारिक कार्यक्रममा वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने शाखा कार्यालय रैकवा र विचवामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका प्रमुख सुवास चन्द्र घिमिरे, शाखा कार्यालय लालझाडीमा भएको कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक र शाखा कार्यालय शान्ति बजारमा भएको कार्यक्रममा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको प्रमुख आतिथ्यता र जनप्रतिनिधि, पत्रकार, स्थानीयको उपस्थिती रहेको थियो ।

राहातवितरण कार्यक्रममाबोल्दै वित्तीय संस्थाका सञ्चालक समितिकाअध्यक्षश्री बाबुरामबिश्वकर्मालेसामाजिकभावका साथ बेमौसमी वर्षाकाकारण क्षतिव्यहोर्नु परेका संस्थामा आवद्ध समुह सदस्यहरुलाई स्थानीयनिकाय सँगको समन्वयमाथोरै भएपनि राहात प्रदानगर्ने उदेश्यले समुह सदस्यमाझ राहात वितरण गरिएको जनाएको छ ।

वित्तीय संस्थाले पर्सा देखि कञ्चनपुरसम्मका १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय विस्तार गरि करिव ४७ हजारन्यून तथा मध्यम आय भएका वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेकाविपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमावित्तीय सेवा पु¥याई आएको र समुदायमा रहेको शिप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS