काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २ गते ६२औं साधारण सभा गर्ने भएको छ । बैंकले आफ्नै प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने जनाएको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।