IME Life New

सामाजिक संजालः घरजग्गाको कारोबारमा ठगीको माध्यम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सामाजिक संजाल तथा पत्रपत्रिकामा गरिने घर जग्गाको विज्ञापन ठगीको माध्यम बन्ने गरेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको घर जग्गामूल्य सर्वक्षण प्रतिवेदनमा सर्वेक्षणको क्रममा पत्रपत्रिका, अनलाइन विज्ञापन, सोसियल मिडियामा आउने विज्ञापनमा अस्वभाविक रुपमा बढी मूल्य तोकेर विज्ञापन गरेको पाइएको उल्लेख छ ।

राष्ट्र बैंकको प्रतिवेदनका अनुसार पत्रपत्रिका र सामाजिक संजालबाट संकलित सूचनाहरू सङ्कलन गरी अध्ययन गर्दा सम्बन्धित स्थानको वास्तविक मूल्यभन्दा अस्वाभाविक रूपमा बढी मूल्यको विज्ञापन भइरहेको छ ।

Esewa
Crest

त्यसैगरी रियलस्टेट (घरजग्गा) र हाउजिङ्ग(आवास)कम्पनीबाट पनि घर जग्गाको मूल्य सम्बन्धमा वास्तविक तथ्याङ्क पाउन कठिनाई भएको छ । घर जग्गा कारोबार तथा हाउजिङ्ग कम्पनीले उपलब्ध गराउने तथ्याङ्कमा गोलमटोल हुने र लागत–लाभको मात्र विवरण उपलब्ध हुने भएकोले घर जग्गा मूल्य सूचकाङ्क बनाउने प्रयोजनमा कम उपयोगी देखिएको छ ।

बैंक तथा मालपोत कार्यालयको मूल्यांकन विश्वसनीयः
भूमि व्यवस्थापन तथा अभिलेख विभाग, मालपोत कार्यालय र विभिन्न वाणिज्य बैंकहरूमा उपलब्ध हुने तथ्याङ्कको अध्ययन गर्दा घर जग्गाको अङ्कित मूल्य (थैली) तथा बजार मूल्य प्राप्त गर्न सहज भएको प्रतिवेदनमा उल्लेख गरेको छ । साथै नियमित रुपमा अध्यावधिक तथ्याङ्क प्राप्त हुने भएकोले मालपोत कार्यालयहरू र बैकहरूलाई तथ्याङ्कको मुख्य आधार मानेर घर जग्गामूल्य सर्वेक्षण सम्पन्न गरिएको छ ।

बैक तथा वित्तीय संस्थाबाट कर्जा प्रदान गर्दा गरिएको घर जग्गाको धितोको बजार मूल्याङ्कनमा आधारित आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिनाको औसत घर जग्गा मुद्रास्फीति १६.३१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक औसत घर जग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS