IME Life New

आज घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । हिजो बिहीवार दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज शुक्रवार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाला सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीवार तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो । आज शुक्रवार ५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS