IME Life New

लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले आब्हान गर्यो एजिएम, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मंसिर २८ गते ३५ औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा काठमाडौंको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा विहान १० बजेदेखि शुरु हुने बैंकले जनाएको छ । कोभिड १९ महामारीको विशेष परिस्थितिलाई ध्यानमा राखी कम्पनीले भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा आयोजना छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनश शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश सभाले पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाले नाफा, नोक्सान, हिसाव नगद तथा बैंकको प्रबन्धपत्रमा संशोधन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी मंसिर १० गते बुकक्लोज गर्ने भएको छ। यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS