IME Life New

साईन बोर्डमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न बीमकलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले नेपालमा संचालित २० निर्जिवन १९ जीवन र २ पुनर्बीमा गरि कुल ४१ कम्पनीहरुलाई आफ्नो  साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको छ ।

अब बाट प्रत्येक बीमकले केन्द्रिय /प्रादेशिक कार्यालय लगायत सम्पूर्ण शाखा/उपशाखा र एक्सटेन्सन काउन्टरहरुमा पत्र प्राप्त भएको एक महिनाभित्र  साईन बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त वाक्यांश राखी सक्न भनेको छ।

Esewa
Crest

नेपालमा संचालित क ख ग र घ वर्गका वित्तीय  संस्थाले   नेपाल रास्ट्र  बैंकबाट इजाजत प्राप्त संस्था  भनेर आफ्नो साइन बोर्डमा राख्ने गरेका छन्।  बीमा कम्पनीहरुले भने अटेर गरि आफ्नो साईन बोर्डमा इजाजत दिने नियमनकारी निकायको नाम नराखेका कारण  बीमा समितिले  इजाजत प्राप्त बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको  समितिका निर्देशक दिनेश कुमार लालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS