IME Life New

मौद्रिक समिक्षा अगाडी किन डराए लगानीकर्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो त्रैमाशिक मौद्रिक समिक्षामा लगानीकर्ताको विषयमा केहि पनि संवोधन नहुने हल्लाले शेयर बजारमा ३२ अंकको पहिरो गएको छ । साताको सुरुवाति दिनमा ११७ अंकले सुधारिएको शेयर बजार आज अन्तिम दिनमा भने ३२ अंकले तल झरेको छ ।

राष्ट्र बैंकले अर्को साता पहिलो त्रैमाशिक अवधिको मौद्रिक समिक्षा गर्दैछ । मौद्रिक समिक्षामा राष्ट्र बैंकले शेयरधितो कर्जामा लगाएको ४/१२ करोड रुपैयाँको सिमामा केहि पनि तल माथि नगर्ने कुरा बाहिरिए सँगै शेयर बजार एकाएक तल झरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४/१२ करोड रुपैयाँको सिमालाई लिएर सार्वजनिक कार्यक्रममै आफ्नो नीतिको वकालत गर्ने गरेका छन् । उनले यो व्यवस्था साना लगानीकर्ताको हितमा रहेको भन्दै तर्क दिने गरेका छन् । उनको यस्तो अडानले पनि यो व्यवस्थाबाट राष्ट्र बैंक पछाडी हट्न सक्ने देखिदैन ।

Esewa
Crest

अघिल्लो साता नेप्से सूचक १७३ अंकले ओरालो झरेकोमा यस साताको सुरुवाती दिनमा ११७ अंकले सुधार भयो । तर आजदेखि फेरि गिरावट हुन थालेको छ । यदि मौद्रिक समिक्षामा राष्ट्र बैंकले व्याजदर, तरलता, शेयरधितो कर्जा लगायतका विषयमा कडा नीति लियो भने बजार अझै घट्न सक्ने अनुमान सँगै शेयर बजार तल झरेको हो । गत सातामा भएको सुधारबाट नाफा बुक गर्नेहरुका कारण पनि आज बजारमा सेलिङ प्रेसर बढेको हो ।

यदि मौद्रिक नीति बजार मैत्री भएन भने बजार तल झर्ने र यहि पैसाले आगामी साता शेयर उठाउन पाउने भन्दै बाठा लगानीकर्ताले शेयर बिक्री गरेका छन् । अर्को तर्फ यदि बजार सुधार हुने संकेत देखियो भने उनिहरुले नै शेयर उठाउन सक्ने छन् । पछिल्लो समय स्मार्ट लगानीकर्ताहरु बढ्दा नाफा बुक गर्ने र घट्दा कित्ता बढाउने नीतिमा लागेको देखिन्छ । बजार सुधार भएको दिनमा बिक्री गरेर पैसा बनाउने अनि बजार तल झरेको समयमा त्यहि पैसाले त्यहि कम्पनीको शेयर खरिद गरेर कित्ता बढाउने नीतिमा लगानीकर्ताहरु छन् । पछिल्लो समय शेयर बजारमा अल्पकालिन लगानीकर्ताहरु सबैभन्दा धेरै सक्रिय रहेकाले पनि तिव्र उतारचढाव हुने गरेको छ । यो समयमा कसैले पनि दिर्घकालिन अवधिका लागि शेयर खरिद गरिरहेका छैनन् । त्यसैले गर्दा बजार थोरै मात्रै सुधार हुने वित्तीकै नाफा बुक गर्नेहरु हाबी हुने र तत्कालका तत्काल बजार तल झर्ने क्रम बढेको छ ।

आगामी साता के होला

साताको अन्तिम दिन नाफा बुक गर्ने क्रममा ३२ अंकले तल झरेको शेयर बजार आगामी साता भने नेपाल राष्ट्र बैंककै कदममा भर पर्नेछ । राष्ट्र बैंकले सकारात्मक नीति ल्यायो भने बजारले पुनः सुधारकै गति लिने विश्लेषकहरु बताउछन् ।

नेपाल बैंकर्स संघले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै अहिलेको तरलता अभावको समस्या समाधानका लागि व्याजदर गणना विधिलाई परिवर्तन गर्न सुझाव दिएको छ । अर्थमन्त्रालयले पनि नेपाल राष्ट्र बैंकलाई लचक भइदिन अनुरोध गर्दै आएको हुँदा सरकारको निर्देशन भन्दा बाहिर जान सक्ने देखिदैन ।

सिडी रेसियोको नीतिगत व्यवस्थाका कारण अहिले बैंकहरु नयाँ कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् । यदि बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सकेनन् भने आर्थिक बृद्धिमा ठुलो धक्का पुग्ने भएकाले पनि राष्ट्र बैंक अहिले दवावमा छ ।

बैंकहरुको छाता संघठन संघले चालु आर्थिक २०७८/७९ को पहिलो त्रैमाशिक अवधिको मौद्रिक नीति समिक्षाका क्रममा राष्ट्र बैंकलाई ८ बुदे सुझाव दिएको छ । संघले पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै सिडी रेसियो, लिक्वीडीटी रेसियो, सिआरआर लगायतका विषयमा केहि लचकता अपनाउन समेत सुझाव दिएको हुँदा राष्ट्र बैंकले यस विषयमा केहि कदम चाल्दै पर्ने देखिन्छ ।

यदि संघले दिएका सुझावको केहि कुराहरुलाई मात्रै संवोधन गर्यो भने अहिले बजारमा जुन किसिमको तरलता अभावको समस्या देखिएको छ त्यसमा केहि राहात मिल्ने देखिन्छ । शेयर बजारलाई व्याजदरले राम्रै प्रभाव पारेको हुन्छ । यदि यस विषयमा राष्ट्र बैंकले केहि संवोधन गर्यो भने मात्रै पनि शेयर बजार पुनः सुधार हुन सक्ने अनुमान गर्न सकिन्छ ।

शेयर बजारको उचारचढावलाई प्रभाव पार्ने चुनाव सम्बन्धी सूचना छदैछ । आगामी चैत बैशाखमा स्थानीय तहको चुनाव गर्नै पर्ने दवावमा सरकार रहेको छ । यस अवधिमा सरकारले चुनावकालागि केहि तयारी गर्नै पर्ने हुन्छ । जव जव सरकारले चुनावका विषयमा छलफल तथा निर्णय गर्छ तव तव शेयर बजार सुधार हुने गरेको हिजोका इतिहासले पनि आगामी दिनमा शेयर बजारमा धेरै नै अवसर रहेको छ । यस अवधिमा अल्पकालिन तथा दिर्घकालिन दुबै किसिमका लगानीकर्ताले राम्रो फाइदा उठाउन सक्छन् । चुनावको अगाडी बजार बढ्छ भन्ने मनोविज्ञानले गर्दा ठुला लगानीकर्ताहरु पनि यहि समयमा पैसा लिएर बजार प्रवेश गर्छन् । जसले गर्दा निश्चित समय बजार माथिल्लो विन्दुमै रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS