काठमाडौं । नबिल बैंकले प्रिमियम रेमिट्यान्स बचत खाता योजना संचालनमा ल्याएको छ। बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत प्रिमियम रेमिट्यान्स बचत खाता संचालनमा ल्याएको जनाएको छ ।
बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिने यस खातामा ग्राहकहरुले शून्य मौज्दातमा खाता खोल्न सक्नेछन् । बैंकले यस खाता योजनामा व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने बताएको छ ।
सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।