काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १ गतेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।