Connect IPS
IME Life

रिलायन्स लाइफले बामे सर्दै ४ वर्ष पुरा गर्यो, आगामी वर्षमा दौडिने उद्घोष

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी ४ वर्ष पुरा गरी ५ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले चार वर्ष अगाडी आजकै दिनदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।

जीवन बीमा व्यवसाय सञ्चालन गर्ने मुलभुत उद्देश्यका साथ कम्पनी ऐन २०६३ बमोजिम २०६४ साल मंसिर ११ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको थियो । कम्पनीले २०६४ साल साउन १८ गते नै जीवन बीमा व्यवसायको अनुमति माग्दै आवेदन दिएको थियो । तर तत्कालिन समयमा बीमा समितिले नयाँ लाइसेन्सको अनुमति स्थगित गरेपछि लाइसेन्स पाउन सकेन ।

Prabhu
Crest

समितिले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ जारी गरी नयाँ लाइसेन्सका लागि आह्वान गरेपछि समितिले पुनः आवेदन दियो । यसरी जीवन बीमा व्यवसाय सञ्चालन अनुमति पाउन एक दशकको धर्यता पछि २०७४ असोज २७ गतेका दिन सफल भएको थियो । जीवन बीमा व्यवसाय सञ्चालनको अनुमति पाएको एक महिना पछि अर्थात २०७४ मंसिर एक गते व्यवसाय शुभारम्भ गर्न सफल भएको थियो ।

यस कम्पनीमा नेपालको एक अग्रणी बैंक सिद्धार्थ बैंक तथा केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, अग्नि होल्डिङ्गस, एम.सि. ग्रुप, रिलायन्स ग्रुप, बेगानी ग्रुप, शिव शक्ति ग्रुप जस्ता प्रतिष्ठित व्यापारिक घरानाको प्रमुख लगानी रहेको छ । सिद्धार्थ बैंकको मात्रै २६ करोड ४० लाख रुपैयाँको शेयर रहेको छ । त्यस्तै अग्नी होल्डिङ्सको १० करोड रुपैयाँ, सविता केडियाको ४ करोड ८६ लाख लगानी रहेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्षमा तारचन्द्र केडिया रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रविण रमण पराजुलीले सम्हाल्दै आएका छन् । कम्पनीको उच्च व्यवस्थापनमा बैंकिङ, मर्चेन्ट बैंक तथा बीमा क्षेत्रमा लामो समय काम गरेका अनुभवी र उर्जावान व्यक्तिहरु रहेका छन् । यसले गर्दा कम्पनीले अन्य कम्पनीहरुको जस्तो अस्वस्थ प्रतिस्पर्धा भन्दा पनि संस्थागत शुशासनलाई बढि ध्यान दिएको छ ।

नयाँ बीमा कम्पनीहरुको लाइसेन्स पाउने मध्ये सबैभन्दा पहिला प्राथमिक शेयर निष्काशन गरेको यस कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैया रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीले सम्पुर्ण प्रदेशमा कुल ११६ वटा शाखा कार्यालयहरु मार्फत जीवन बीमा क्षेत्रमा स्तरीय सेवा पुर्याउने उद्देश्यले “खुलेर जिऔं” भन्ने मूल नाराका साथ जीवन बीमा व्यवसाय गरिरहेको छ । कम्पनीले हाल सावधिक जीवन बीमा योजना, सुखमय सावधिक जीवन बीमा योजना, धन फिर्ता बीमा योजना, बाल जीवन बीमा योजना, जीवन शान्ति योजना लागायतका बीमा योजनाहरु संचालनमा ल्याएको छ ।

जीवन बीमा व्यवसाय शुभारम्भ गरेको ४ वर्षको अवधिमा कम्पनीले आफ्नो जीवन बीमा कोषमा तीन अर्ब २ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले ५ लाख वटा भन्दा धेरै जीवन बीमा पोलिसी बिक्री गरिसकेको छ । उक्त पोलिसी बिक्री गरेर कम्पनीले अहिलेसम्ममा ५ अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ ।

कम्पनीले वार्षिकोउत्सवका अवसरमा ‘हामी बामे सर्दै, हिड्दै ४ वर्ष पुरा गरेका छौ । दौडिन त अझै बाँकी नै छ’ भनेको छ । अहिलेसम्मको अवधिलाई बामे सरेको र आगामी दिनमा कम्पनी दौडिन सक्ने अवस्थामा पुगेको जनाइएको छ । कम्पनीको उद्देश्य अनुसारको परिणाम थाहा पाउन भने अर्को वर्षसम्म कुर्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS