IME Life New

आरविवि मर्चेन्ट बैंंकिङको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष एवम् राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरवार प्लाजा, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभाले १० प्रतिशत नगद लाभांश सहित आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित पारित गरेको छ ।

Esewa
Crest

साथै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । नाफा, नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।

सभाले आर्थिक वर्ष२०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने  दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ सेवा लिन सकिने वातावरण बनाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS