IME Life New

आरम्भ चौतारी र देउराली लघुवित्तको एकिकृत कारोबार शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न. १० मा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडां ४ मा रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ति गरि एकीकृत कारोबार शुभारम्भ गरेको छ ।

एकीकृत कारोबार शुभारम्भ गर्दै नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले आजको मिति सम्म नेपालमा लघुवित्तहरुको संख्या ६८ वटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको बताउदै केही नितिगत कुराहरुमा सुधार गर्नु पर्ने बताए ।

Esewa
Crest

बनेपा नगरपालिका वडा न. १० का वडा अध्यक्ष चन्द बहादुर खडकाले लघुवित्तले सदस्यहरुलाई कर्जा लगानी गर्दा सही ठाउमा भए नभएको हेर्नु पर्ने बताउदै प्रत्येक ठाउमा सेवा पुग्नु पर्ने बताए ।

कार्यक्रममा देउराली लघुवित्तका अध्यक्ष बिनोद ज्ञवालीले यस वित्तीय संस्थालाई सबल र सक्षम बनाउदै अगाडी बढने कुरा बताए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले दुबै एकीकृत पश्चात चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार, सदस्य संख्या ९२ हजार ९१४ ऋणी संख्या ५२९५२ बचत परिचालन १४७६५५७००० र लगानीमा रहेको कर्जा ५३२२४०८००० पुग्ने र ५२ जिल्लामा १४९ शाखा संजाल मार्फत सेवा दिने जनाए ।

त्यस्तै, संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले भने “हाम्रो लक्ष्य भनेको देशको ठुलो लघुवित्त संस्था बन्ने गरि अगाडी बढीरहेका छौ यो अभियानलाई सफल बनाउन यहाहरु सबैको सहयोगको आवश्यकता पर्दछ र विश्वास छ सबैबाट सहयोग हुनेछ ।” पोखरेलले हाल लघुवित्त संस्थालाई लाई ठुलो चुनौती रहेको छ चुनौतीहरु केही नितिगत समेत भएकोले हटाउन पहल गरिरहेको बताउदै अहिलको अवस्थामा लघुवित्त अपरिहार्य रहेको छ जसले सानो सानो ब्यावसायलाई प्रोत्साहन गरिरहेको छ । यसले समाजिक आर्थिक अवस्थालाई सुधार गरिरहेको बताए ।

त्यस्तै, संसथाको आज बसेको संचालक समितिकोे बैठकले आरम्भ चौतारी लघुवित्तका संचालक पुष्पराज ढकालले दिएको राजिनामा स्विकृत गर्दै पुर्व सहमति अनुसार नै देउराली लघुवित्तको तर्फबाट बिनोद ज्ञवाली लाई संचालक नियुक्ती गरेको छ । सोही बैठकको निर्णय अनुसार देउराली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीलाई कम्पनी सचिबमा नियुक्ति गरेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS