Connect IPS
IME Life

नेप्से परिसूचक भारी अंकले बढ्दा ५ अर्ब ५२ करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेको छ । आज परिसूचक ६९ दशमलव २२ अंकले बढेर २,७८४ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२७ वटा कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ३७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अपि पावर कम्पनीको २३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल बङलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइृ हाइड्रोपावर, अपर तामाकोशी, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज मानुषि लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, आज सबैभन्दा धेरै विय लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS