काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको छ। लघुवित्तको हिजो कात्तिक २९ गते बसेको १३९ संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/ ७८ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँको आधारमा २० दशमलव ०३१ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित १ दशमलव ०५४ प्रतिशत नगद लाभांश गरी कुल २१.०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।