Connect IPS
IME Life

सन नेपाल लाइफको मुनाफा ९७ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन ५७ करोड रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा ९७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले असोज मसान्तसम्ममा ५ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २ करोड ५४ लाख रुपैयाँ मात्रै थियो ।

त्यस्तै खुद बीमा शुल्क आर्जन पनि ४२ प्रतिशतले सुधार गर्न सफल भएको छ । कम्पनीले तीन महिनाको अवधिमा ५७ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा ४० करोड २८ लाख रुपैयाँ मात्रै थियो ।

Prabhu
Crest

जीवन बीमा व्यवसायमा सुधार भए सँगै जीवन बीमा कोष पनि ७५ प्रतिशलते बढाउन सफल भएको छ । यस्तो कोषमा २ अर्ब ६६ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । सन नेपालले तीन अर्ब ९९ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । त्यस्तै ७२ करोड ४६ लाख रुपैयाँ अल्पालिका लगानी गरेको छ । बीमितहरुले बीमालेख धितोमा राखेर २४ करोड ८१ लाख रुपैयाँ कर्जा लिएका छन् ।

समिक्षा अवधिमा खुद दाबी भुक्तानी ७ करोड ४६ लाख रुपैयाँको गरेको छ भने भुक्तानी हुन दाबी रकम सून्य छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा ३५ करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS