Connect IPS
IME Life

सानिमा लाइफको बीमा शुल्क आर्जन ४४ प्रतिशतले बढ्यो, तीन महिनाको मुनाफा ४ करोड ३८ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ४४ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । कम्पनीले असोज मसान्तसम्ममा ५५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३८ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जनका साथै खुद मुनाफामा पनि २४.७८ प्रतिशतले सुधार भएको छ । तीन महिनाको अवधिमा कम्पनीले ४ करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको सोहि अवधिमा तीन करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

जीवन बीमा कोषमा पनि उल्लेख सुधार भएको छ । समिक्षा अवधिमा कम्पनीले एक अर्ब १८ करोड रुपैयाँबाट २ अर्ब ४६ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनीको दिर्घकालिन कर्जा लगानी मात्रै २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यहि अवधिमा ८ करोड ७७ लाख रुपैयाँ बीमा लेख धितोमा राखेर कर्जा प्रवाह गरेको छ ।

यहि अवधिमा अभिकर्ताहरुले १० करोड १९ लाख रुपैयाँ कमिशन बुझेका छन् । गत वर्षको यहि अवधिमा उनिहरुले ६ करोड ३१ लाख रुपैयाँ कमिशन प्राप्त गरेका थिए । यस अवधिमा खुद दाबी भुक्तानी पनि ४ करोड ५० लाख रुपैयाँको गरेको छ । चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको सानिमा लाइफको जगेडा कोषमा २८ करोड ७२ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS