Connect IPS
IME Life

नेशनल लाइफको जीवन बीमा कोषमा ४४ अर्ब नाघ्यो, बीमा शुल्क आर्जन २२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ४४ अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीको यस्तो कोषमा ३५ अर्ब रुपैयाँ थियो ।

कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा २२.८५ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । असोज मसान्तसम्ममा कम्पनीले खुद बीमा शुल्क आर्जन मात्रै तीन अर्ब ४४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले दुई अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको थियो ।

Prabhu
Crest

मुनाफामा भने गिरावट देखिएको छ । तीन महिनाको अवधिमा कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी भुक्तानी पनि बढेको छ । तीन महिनाको अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले अझै ६३ करोड रुपैयाँ तिर्न बाँकी छ ।

जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताले तीन महिनाको अवधिमा मात्रै ३७ करोड ९७ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीका अभिकर्ताले २९ करोड ८० लाख रुपैयाँ बुझेका छन् ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९६ करोड ५ लाख रुपैयाँ जम्मा भएको छ । प्रस्तुत मुनाफाका आधारमा प्रतिशेयर आम्दानी भने १० रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS