Connect IPS
IME Life

प्रोभिजनिङका कारण नेपाल लाइफको मुनाफामा भारी गिरावट, नाफा घट्दा अन्य सूचक कस्ता ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा भारि गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १८ करोड ०८ लाख रुपैयाँको नोक्सानी बापतको व्यवस्था गर्नु पर्दा मुनाफामा ७० लाख ३३ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीको मुनाफा २२ करोड ९० लाख रुपैयाँ थियो । कम्पनीको मुनाफा एक्चुरिअल प्रतिवेदन पछि परिवर्तन हुने भएकाले लेखापरिक्षण पछि बढेर आउने गरेको पाइन्छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा ९.१९ प्रतिशतले खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तीन महिनाको अवधिमा ९ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने ८ अर्ब ९२ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

जीवन बीमा कोष २५.२१ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोषमा एक खर्ब १८ अर्ब रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक जीवन बीमा कोष रहेको नेपाल लाइफले दिर्घकालिन लगानी मात्रै ५० अर्ब भन्दा माथि छ । बीमा लेख धितोमा राखेर मात्रै २० अर्ब ५७ करोड रुपैयाँ लगानी गरेको छ । अल्पकालिन लगानी तथा कर्जा भने ५४ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँबाट ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८६ करोड ९६ लाख रुपैयाँ रहेको छ । प्रोभिजनिङका कारण मुनाफामा खुम्चिएको नेपाल लाइफको प्रतिशेयर आम्दानी भने एक रुपैयाँ भन्दा कम छ । यस अवधिमा अभिकर्ताले ९९ करोड ६१ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS