काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणलाई ३१ लख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने कार्य अगाडि बढाउनको लागि प्रभु क्यापिटललाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी पुष्पज्योति ढुंगाना र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतिको लागि विद्युत् नियमन आयोगमा निवेदन पेश गरिसकेको छ ।