Connect IPS
IME Life

रिलायबल नेपाल र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनीहरु हुन् ।  रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशन गरिसकेको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निकट भविष्यमा प्रिमियममा आईपिओ निष्काशन गर्ने तयारीमा छ । दुवै कम्पनीले आर्थिक वर्ष ७८/७९ को प्रथम  त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन:

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम  त्रैमासको वित्तीय विवरणको आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड रहेको छ । रिलायबल नेपालले निकट भविष्यमा आईपीओ मार्फत २ अर्ब पुँजीको लक्ष्य हासिल गर्नेछ।

जगेडा कोषको आधारमा : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम  त्रैमासको वित्तीय विवरणको आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ९१  करोड ६ लाख रुपैया संचित छ भने रिलायन्स लाइफ इन्स्योरेन्स को जगेडा कोषमा २६ करोड ३४ लाख संचित छ ।

जीवन बीमा कोषको आधारमा : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम  त्रैमासको वित्तीय विवरणको आधारमा जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ३ करोड हुँदा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब २ करोड रहेको छ।

बीमा शुल्क आर्जन : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम  त्रैमासको वित्तीय विवरणको आधारमा रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म ९२ करोड ८९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्सले ७३ करोड ५५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम  त्रैमासको वित्तीय विवरणको आधारमा प्रथम त्रैमास सम्म रिलायबल नेपाल लाइफले ७ करोड ४५ लाख खुद मुनाफा गरेकोमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद मुनाफा ४ करोड १५ लाख रुपैया रहेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

प्रति शेयर आम्दानी : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम  त्रैमासको वित्तीय विवरणको आधारमा रिलायबल नेपाल लाइफको वार्षिक प्रति शेयर आम्दानी २१ रुपैयाँ ३० पैसा छ भने रिलायन्स लाइफको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा छ।

नोटःजीवन बीमा कम्पनीहरुको एक्चुरी मुल्यांकन पश्चात मात्र वास्तविक नाफा र प्रतिशेयर आम्दानी आउने छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS