काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले १५ हजार ८५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । उक्त शेयर खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले मंसिर १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
उक्त अवधिमा प्राप्त बोलपत्र मंसिर १४ गते बिहान ११ बजे आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जनाएको छ ।