Connect IPS
IME Life

गुराँस लाइफको खुद दाबी भुक्तानी ३५० प्रतिशतले बृद्धि हुँदा अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८/ ७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार केही उपसूचक घटेका छन् भने कही उपसूचमा राम्रो सुधार भएको देखिन्छ ।

कम्पनीले समिक्षा अवधिसम्ममा ८६ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा ९६ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थि बर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन १० प्रतिशतले घटेको हो ।

Prabhu
Crest

१ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड ५३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५६ करोड ६२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ८८ करोड १८ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब करोड ५१ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको महा विपत्ति कोषमा ६ करोड १६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफामा ४ दशमलव १४ प्रतिशतले गिरावट भएको छ ।

त्यसैगरी कम्पनीले यस अवधिमा ६४ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३५० दशमलव ३३ प्रतिशतले बढी हो

कम्पनीले अभिकर्ता कहिनमार्फत ९ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो खर्च १० करोड ७७ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको अभिकर्ता कमिशन मार्फत भएको खर्च कम भएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ३० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ २५ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ७०.५९ गुणा रहेको छ ।

जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS