काठमाडौं । अरुण कावेली पावरको मुनाफा १७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १३ करोड ३५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफामा सुधार सँग कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ पुगेको छ ।
पहिलो त्रैमाशिक अवधिमा कम्पनीले २६ करोड ६९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २२ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको चुक्ता पूँजी एक अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ४२ करोड ५० लाख रुपैयाँ रहेको छ ।