Connect IPS
IME Life

रिलायन्स लाइफको खुद दाबी भुक्तानी ११०% ले बढ्दा जीवन बीमा कोष ३ अर्बमाथि, अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले समिक्षा अवधमा उत्साहजनक प्रगति गरेको छ ।

कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको महा विपत्ति कोषमा २ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ७३ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५८ दशमलव १० प्रतिशतले बढी हो ।

त्यस्तै, यस अवधिमा कम्पनीले खुद नाफामा पनि बृद्धि गरेको छ । समिक्षा अवधिमा कम्पनीले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वषको सोही अवधिमा कम्पनीले ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ३८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ११० प्रतिशतले बुद्धि गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११३ रुपैयाँ ९४ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ६३.४८ गुणा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS