काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले गत असार २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश रकम तथा विगत वर्षका केही नगद लाभांश वितरण गर्नका लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।
केही शेयरधनीहरुको खाता नम्बर नभएका कारण लाभांश वितरण गर्न नसकेकाले बैंक खाता विवरण कम्पनीको कार्यालयमा अद्यावधिक भएपछि मात्र नगद लाभांश रकम खातामा जम्मा हुने जनाएको छ ।