IME Life New

कोरोना महामारीः गण्डकी प्रदेशको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कोभिड महामारीको कारण आर्थिकरुपमा नराम्ररी थलिएका गण्डकी प्रदेशको पर्यटन व्यवसायी पुरानै अवस्थामा फर्किन दुई वर्षभन्दा बढी लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशको आर्थिक अवस्थाबारे गरेको सर्वेक्षणको क्रममा सहभागी पर्यटन व्यवसायीहरुले आफ्नो व्यवसाय सामान्य अवस्थामा फर्कन २ वर्षभन्दा बढी लाग्ने अनुमान गरेका हुन् ।

कोभिड महामारीको पहिलो लहरका कारण गत आर्थिक वर्षमा पर्यटन व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागी पर्यटन व्यवसायीमध्ये ३३.६ प्रतिशतले कोरोना महामारीका कारण भएको बन्दाबन्दीको असरले गर्दा १० लाखदेखि २० लाख रुपैयाँसम्म सम्पत्ति गुमाएका छन् ।

Esewa
Crest

पर्यटन सेवा क्षेत्रका होटल, टुर अपरेटरलगायतसँग आवद्ध कामदार कर्मचारीले दिएको जानकारीका अनुसार कोभिड महामारीको पहिलो लहरले पर्यटन क्षेत्रका ५३ प्रतिशत कामदार कर्मचारी रोजगारविहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS