IME Life New

अनौपचारीक कार्यक्रम गरी मनायो मेरो माइक्रोफाइनान्सले ९औं बार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १०औं वर्षमा प्रवेश गरेको छ । संस्था आफ्नो स्थापनाको नवौं वर्ष पूरा गरी दशौ वर्षमा प्रवेश गरेको अवसरमा एक अनौपचारीक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ ।

संस्थाले आफ्नो स्थापनको ९औं वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पुर्ण ग्राहक, नियमक निकाय, शेयरधनी तथा सरोकारवालापक्ष लगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सबैको यस्तो माया साथ र सपोर्टको अपेक्षा गरेको बताएको छ ।

Esewa
Crest

२०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना संस्थाले ग्राहक सुहाउँदो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

संस्थाले कर्जातर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।

स्थाले अवलम्बन गरेको कार्यशैली एवं रणनीति, कुशल नेतृत्व, सन्तुष्ट कर्मचारी संगठनले नै संस्थाको छवि कायम राख्न सफल रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS