काठमाडौं । दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये युनिलिभर नेपालको शेयर मूल्य सबैभन्दा महंगो रहेको छ । हाल कम्पनीको बजार मूल्य प्रति कित्ता २० हजार रुपैयाँको हाराहारीमा रहेको छ । कुनै वेला यो कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६ हजार रुपैयाँ भन्दा धेरै थियो ।
यो कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै हुनुमा धेरै कारणहरु छन् । यसले हरेक वर्ष वितरण गर्ने आकर्षक मुनाफा पहिलो कारण हो । दोस्रो यो कारण यस कम्पनीको शेयर सप्लाइ एकदमै कम छ त्यसमा पनि अधिकांश शेयर निश्चित शेयरधनीहरुले होल्ड गरेर राखेका छन् । थोरै कित्ता मात्रै दोस्रो बजारमा खरिद बिक्री हुने भएकाले पनि बजार मूल्य सर्वाधिक धेरै रहन सफल भएको हो ।
अन्य सूचिकृत कम्पनीहरुले बोनश शेयर वितरण गरेर लगानीकर्ताहरुलाई आकर्षित गर्दै गर्दा यस कम्पनीले पूँजीलाई भन्दा पनि नगद लाभांशलाई जोड दिदै आएको छ । गएको वर्ष र यस वर्ष कोभिड १९ का कारण साधारणसभामा ढिलाइ भयो । प्राय यस कम्पनीले दशै तिहार अगाडी साधारणसभा सम्पन्न गर्ने गरेको पाइन्छ । दशै तिहार अगाडी नै साधारणसभा गर्ने भएकाले यस कम्पनीका शेयरधनीहरुले दशै तिहारका लागि खर्च जोहो गर्ने गरेको पाइन्छ । यसका कतिपय शेयरधनीहरुले प्राप्त नगद लाभांशबाटै घरखर्च समेत जोहो गर्ने गरेको पाइन्छ ।
विगत वर्ष वर्षको अवधिमा कम्पनीले वितरण गरेको लाभांशलाई हेर्ने हो भने आर्थिक वर्ष २०७३/७४ मा सर्वाधिक धेरै १२७० प्रतिशत नगद लाभांश दिएको पाइन्छ । यस वर्ष कम्पनीले २५ वर्ष पुरा भएको अवसरमा आकर्षक लाभांश दिएको थियो । कोभिड १९ को प्रभावका बावजुत पनि कम्पनीले यस वर्ष ६५० प्रतिशत नगद लाभांश दिएको छ । तर गत वर्ष कम्पनीले इतिहासकै सर्वाधिक कम १०० प्रतिशत लाभांश दिदा शेयर मूल्यमा भारि गिरावट आएको थियो ।
कम्पनीले विगत ५ वर्षमा वितरण गरेको लाभांश