IME Life New

नेप्सेले प्रभु बैंकको कारोबार फुकुवा गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले अवदेखि कारोबार समयमा सञ्चालक समितिको बैठक नसब्ने प्रतिवद्धता व्यक्त गरेपछि नेपाल स्टक एक्सचेन्जले कारोबार फुकुवा गरेको छ । नेप्सेले बिहीबार बैंकको शेयर कारोबार रोक्का गरी स्पष्टिकरण पेश गरेको थियो ।

बैंकले कार्तिक २३ गते दिउँसो एक बजेदेखि तीन बजेसम्म सञ्चालक समितिको बैठक मार्फत लाभांशको प्रस्ताव गरेको थियो । यसरी दोस्रो बजारको कारोबार समयमै लाभांश घोषणा गरेपछि नेप्सेले स्पष्टिकरण माग गरी कारोबार रोक्का गरिदिएको थियो ।

Esewa
Crest

नेप्सेले मागेको स्पष्टिकरणमा बैंकले आगामी दिनमा कारोबार समयमा संचालक समितिको बैठक बसि लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ । उक्त प्रतिवद्धता सँगै नेप्सेले कार्तिक २६ गतेदेखि कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS