IME Life New

माछापुच्छ्रे बैंकको साधारण सभा आज ,कहिलेसम्म कायम शेयरधनीले पाउँछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा आज कात्तिक २६ गते गर्दैछ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीले होटल पोखरा ग्राण्ड पार्दी, कास्की, पोखरामा बिहान ११ बजे गर्ने जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने बैंकले बताएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पशे गरी पारित हुनेछ ।

Esewa
Crest

सभामा गत आर्थिक वर्षको वित्तीय विवरण छलफल तथा पारित गर्ने, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका विषयहरुमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

त्यसैगरी सभामा अन्य उपयुक्त बैंक तथा वित्तयि संस्था एक आपसमा गाभ्न गाभिन तथा वैदेशिक रणनीति साझोदारीमा जान उपयुक्त देखिएको सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित हुनेछन् ।

साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले कात्तिक ७ गते (एक दिन) बुक क्लोज गरेको थियो । त्यसकारण कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS