काठमाडौं । हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड(एचआईडिसिएल) को ७ करोड ७० लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । यस शेयर अब आइतवारदेखि कारोबारयोग्य हुनेछ । सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी भदौ २६ गते बाँडफाँड गरेको थियो । कम्पनीले विद्यमान चुक्ता पूँजी ११ अर्बको आधारमा १०० अंकित दरको ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर विक्री गरेको हो ।
त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।