Connect IPS
IME Life

बाणिज्य बैंकहरुको निक्षेप ९ अर्बले खुम्चिदा कर्जा भने ७ अर्बले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कार्तिक महिनाको तेस्रो सातामा बाणिज्य बैंकहरुको निक्षेप संकलन ९ अर्ब रुपैयाँले खुम्चिएको छ । जवकी यहि अवधिमा बैंकले ७ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन् । तेस्रो सातासम्ममा ४२ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३८ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

दोस्रो सातामा बैंकहरुले ४२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३८ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । बैंकिङ प्रणालीमा तरलता अभाव भइहरदा निक्षेप घट्नुले भोलिका दिनमा थप समस्या शिर्जना हुँदै जाने देखिएको छ ।

Prabhu
Crest

तरलता अभाव भए सँगै बैंकहरु सँग थप कर्जा विस्तार गर्ने क्षमता थप घट्दै गइरहेको छ । बैंकहरुले पुर्ववत सहमति गरेका कर्जा बाहेक नयाँ कर्जा दिन सकिरहेका छैनन् । जवविद्युत लगायतका आयोजनामा बैंकहरुले आवस्यकताका आधारमा नियमित कर्जा प्रवाह गर्दै जानु पर्ने हुन्छ । यस कारणले कर्जा विस्तार भएको देखिन्छ । तर वैदेशिक रोजगारमा गएका नेपालीहरुले पठाउने रेमिट्यान्स आउने क्रम घटिरहेको छ । निक्षेपका नयाँ स्रोतहरु नहुँदा यस्तो अवस्था शिर्जना भएको हो ।

नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि प्रस्ताव आह्वान गरिसकेको छ । पुनरकर्जा बापत केहि रकम बाहियो भने बैंकिङ प्रणालीमा कर्जा तथा निक्षेप बढेको देखिनेछ । अर्को तर्फ नेपाल सरकारले खर्च गर्न सकेको छैन । खर्च गर्न नसक्दा ठुलो रकम राज्यको ढुकुटीमा थुप्रिएर बस्छ । यदि सरकारले समयमा चालु तथा पूँजीगत खर्च बढाउने हो भने बैंकिङ प्रणालीमा केहि सहजता देखिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS