काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा व्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ अभिकर्ता तालिम संचालन गर्न लागेको हो । उक्त तालिम भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।
उक्त तालिममा सहभागि हुनका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ । तालिम कार्तिक २८ गतेदेखि ३० गतेसम्म संचालन हुनेछ । तालिम काठमाडौंमा विहान १० बजेदेखि साझ ५ बजेसम्म संचालन हुनेछ । तालिम शुल्क ५ सय रुपैयाँ लाग्नेछ । ईच्छुकले एसएलसी वा सो सरह उर्तिण गरेको हुनुपर्नेछ ।