Connect IPS
IME Life

नेरुडे लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री गर्ने भएको छ ।

बैंकले लघुवित्तको १ लाख १३ हजार ५ सय कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

Prabhu
Crest

बोलपत्रमा विद्ययमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्याक्ति, फर्मकम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले मंसिर १ गतेसम्म बोलपत्र पेश गर्न सक्ने जानकारी गराएको छ ।

उक्त शेयर खरीदको लागि आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सबै शेयर संख्याको लागि आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धक सानिमा क्यापिटल पुतलिसडक रहेको छ । मंसिर १ गते अपरान्ह ३ बजेसम्म प्राप्त भएका बोलपत्र मंसिर २ गते अपरान्ह ४ बजे सानिमा क्यापिटल पुतलिसडकमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खाल्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS