काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ३ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले कम्पनीका संस्थापक शेयरधनी दण्डपाणी शर्माकोको नाममा रहेको ३ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।
उक्त शेयरको मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय पोखरा १० कास्कीमा लिखित जानकारी गराउन आग्रह गरेको छ ।
सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पनि शेयर खरीद गर्न निवेदन नआएमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने जनाएको छ ।