काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी तथा अन्य योग्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न सकिने गरी लिलामीमा ल्याएको थियो ।
उक्त शेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त आवेदन कात्तिक २५ गते विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान १० बजे खोलिने कम्पनीले जनाएको छ ।