काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा एक करोड ९९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाले गत वर्षको यहि अवधिमा एक करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिको मुनाफा अनुसार प्रतिशेयर आम्दानी ५८ रुपैयाँ रहेको छ । चुक्ता पूँजी १३ करोड ६३ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १५ करोड रुपैयाँ रहेको छ । यसै अवधिमा संस्थाले एक अर्ब ८ करोड रुपैयाँ बरोइङ तथा ५४ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट खुद ब्याज आम्दानी तीन करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ ।