काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव २० अंकले घटेर २,८२९ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज ४२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनी र साहस उर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मानुषी लघुवित्तका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ९६ प्रतिशतका दरले गुमाएका हुन् ।