IME Life New

अन्तत : नेपाल लाइफका सिइओ प्रसाईले दिए राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका  प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ९ महिनामै  बाहिरिएका छन् । उनलाई माघ २७ गते बसेको सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।  निवर्तमान प्रमुख कार्यकारी अधिकृत विवेक झाले दुई कार्यकाल पुरा गरेर बाहिरिए सँगै साउन १ गतेदेखि कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका प्रसाईलाई ८  महिना पछि मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । यस अवधिमा सञ्चालक समितिले उनको कार्यक्षमता  मूल्याङ्कन गरेर  नै जिम्मेवारी दिएको थियो ।

चार्टर्ड एकाउन्टेन्ट प्रसाईले बीमा समितिको जागिर छाडेर ४ वर्ष तीन महिना नेपाल लाइफमा काम गरे । जव उनि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए त्यस पछि सञ्चालक समितिले उनलाई थाहै नदिइ अभिकर्ताको टार्गेट बढाइदिए । त्यस पछि अभिकर्ताहरु आन्दोलनमै उत्रिए । परिणाम स्वरुप कम्पनीले उक्त टार्गेट फिर्ता लिन बाध्य भयो । यसले गर्दा असार अन्तसम्म अभिकर्ताले व्यवसाय ल्याएनन् । यस अवधिमा कम्पनीले बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार गर्न सकेन । ‍

Esewa
Crest

यसको दोष सञ्चालक समितिले प्रसाईको टाउकोमा थोपर्यो र भन्यो ‘तपाईले व्यवसाय भित्र्याउन सक्नु भएन । तपाईको पर्फरमेन्स देखिएन ।’ सिइओ प्रसाईको नियुक्ति लगत्तै गत माघ २८ गते सम्पन्न कम्पनीको २० औ वार्षिक साधारणसभाबाट महालक्ष्मी विकास बैंकको निर्वतमान प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने सर्वसाधारण समुहको तर्फबाट सञ्चालक समितिमा नियुक्त भए । उनलाई संस्थापक शेयरधनीहरुले नै भित्र्याएका थिए ।

अध्यक्ष गोविन्दलाल संघाईले लामिछानेलाई प्रयोग गर्दा उच्च व्यवस्थापन माथि लगातार हस्तक्षेप गर्दै आएका थिए । लामिछानेको हस्तक्षेप यतिसम्म भयो कि उनले महालक्ष्मी विकास बैंकका कर्मचारीलाई भित्र्याए । यस अवधिमा कम्पनीमा दशौ वर्षदेखि काम गरेका कर्मचारीहरु बाहिरिनु पर्यो । यस क्रममा प्रसाईको सेट तहस नहस भयो ।

अर्को तर्फ प्रसाईले पटक पटक कम्पनीको पर्फरमेन्सलाई लिएर प्रश्न गर्न थाले पछि उनले राजिनामा दिएका हुन् । यदि स्वतस्फुर्त काम गर्न दिने हो भने आफु कम्पनीलाई पुर्ववत अवस्थामै फर्काउने प्रतिवद्धता दिएका प्रसाईको कुरै नसुनी अनावश्यक रुपमा अन्य कुराहरुमा पनि हस्तक्षेप गर्न थाले पछि यो विवाद बीमा समिति समक्ष पुगेको थियो । बीमा समितिले कम्पनीलाई पटक पटक स्पष्टीकरण पनि सोधेको थियो । तर बीमा समितिको पनि केहि लागेन । अन्तत प्रसाई राजिनामा दिन बाध्य भए। स्मरण रहोस अहिले सम्म नेपाल लाइफले छ जना प्रमुख कार्यकारी अधिकृत पायो तर पुरा कार्यकाल  काम गर्न पाएका विवेक झा मात्र हुन।  उनले दुई कार्यकाल नेपाल लाइफमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बिताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS