Connect IPS
IME Life

सूचिकृत वाणिज्य बैंकको १० महत्त्वपूर्ण सूचकलाई आधार मान्दा कुन बैंक अब्बल?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष  ७८/७९ मा सम्पूर्ण वाणिज्य बैंकहरुले प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छन् । वाणिज्य बैंकमध्येको एक नम्बरको बैंकको दौडलाइ अझै सजिलो बनाउनका लागि १० महत्वपूर्ण सूचकलाई आधार मानेर तयार गरिएको तथ्याङ्क जसमा नेप्सेमा सुचिकृत २६ वाणिज्य बैंकलाई समावेश गरिएको छ ।

कुन सूचकमा कुन बैंक अघि ?
शेयर पुँजी
चालु आर्थिक वर्ष  ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा  शेयर पुँजीमा ग्लोबल आइएमई बैंक अगाडी रहेको छ । बैंकको शेयर पूँजी २१ अर्ब ६३ करोड रहेको छ ।

Prabhu
Crest

जगेडा कोष :
चालु आर्थिक वर्ष  ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा जगेडा कोषलाई हेर्दा नेपाल बैंक अगाडी रहेको छ । बैंकको जगेडा कोष १७ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

संचित मुनाफा :
चालु आर्थिक वर्ष  ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा संचित मुनाफालाई हेर्दा नबिल बैंक अगाडी रहेको छ । बैंकको संचिती मुनाफा ४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

निक्षेप :
चालु आर्थिक वर्ष  ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा निक्षेपलाई  हेर्ने हो भने एनआईसी एशिया बैंक अगाडी रहेको छ । बैंकको निक्षेप २ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ ।

कर्जा :
चालु आर्थिक वर्ष  ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा बैंकहरुको कर्जालाई हेर्ने हो भने पनि एनआईसी एशिया बैंक नै अगाडी रहेको छ । बैंकले २ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद व्याज आम्दानी :
चालु आर्थिक वर्ष  ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा खुद ब्याज आम्दानीलाई हेर्ने हो भने एनआईसी एशिया बैंक अगाडी रहेको छ । बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

संचालन मुनाफा :
चालु आर्थिक वर्ष  ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा संचालन मुनाफालाई हेर्ने हो भने एनआईसी एशिया बैंक अगाडी रहेको छ । बैंकले १ अर्ब ६८ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ ।

खुद नाफा :
चालु आर्थिक वर्ष  ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा खुद नाफालाई हेर्दा एनआईसी एशिया बैंक नै अब्बल देखिन्छ । बैंकले १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

वार्षिक प्रति शेयर आम्दानी :
चालु आर्थिक वर्ष  ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा वार्षिक प्रति शेयर आम्दानीलाई हेर्ने हो भने पनि एनआईसी एशिया बैंक नै अगाडी देखिएको छ । बैंकको वार्षिक प्रति शेयर आम्दानी ४० रुपैयाँ ८४ पैसा रहेको छ ।

किताबी मूल्य :
चालु आर्थिक वर्ष  ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा बैंकहरुको किताबी मुल्यलाई हेर्दा नेपाल बैंक अगाडी देखिन्छ । बैंकको किताबी मुल्य २७० रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS