IME Life New

नेपाल बैंकर्स संघको कर्णाली प्रदेशको संयोजकमा पोखरेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया बैकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोखरेलको नेतृत्वमा नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समितिको बिस्तार भएको छ । कर्णाली प्रदेशमा कार्यरत बैकरहरुको भेलाले उक्त समितिको विस्तार गरेको हो ।

कर्णाली प्रदेशमा संचालनमा रहेका विभिन्न बैकमा कार्यरत कर्मचारीहरुको भेलाले नेपाल बैकर्स संघको प्रदेश समिति बिस्तार गर्दै पोखरेलको नेतृत्वमा ७ सदस्यीय प्रदेश समिति विस्तार गरेको हो ।

Esewa
Crest

समितिको प्रदेश उप संयोजकमा ग्लोबल आइएमई बैकका बिष्णु अर्याल, सचिव पदमा सिभिल बैकका अभिजित श्रेष्ठ चयन भएका छन भने प्रदेश समितिको सदस्यमा सेञ्चुरी कर्सियल बैकका धर्म राज श्रेष्ठ, सिटिजनस् इन्टरनेशनल बैंकमा विनय गौतम, कुमारी बैंकका हिमाल मुडभरी, सानिमा बैंकका भोला राजपन्त सर्वसम्मत चयन भएका छन् ।

बिगत १३ बर्ष देखी बैकिङ्ग क्षेत्रमा कार्यरत रहेका बैकर्स संघका कर्णाली प्रदेश संयोजक पोख्रेल यसअघि एनआईसी एशिया बैकका लुम्बिनी प्रदेश उप–प्रमुख समेत रहेका थिए । उनले आफ्नो कार्यकालमा कर्णाली प्रदेशमा बैकिङ्ग तथा वित्तीय साक्षरताका कार्यक्रम आफ्नो प्रमुख एजेन्डा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS