IME Life New

शेयरधनीले सर्वाधिक कमाएका १० कम्पनी, नेपाल पुनर्बीमा तेस्रो नम्बरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार नेप्से सूचक २३.७६ अंकले सुधार हुँदा साहस उर्जाका शेयरधनीहरुले आज पनि सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रममा ४९ रुपैयाँले बढेर ५३९ रुपैयाँ कायम भएको छ । कम्पनीको शेयर मूल्य लगातार तीन दिनदेखि सर्किट लागिरहेको छ ।

त्यस्तै सर्वाधिक धेरै मूल्य बढ्नेमा गुडविल फाइनान्स रहेको छ । फाइनान्सको शेयर मूल्य ९.१६ प्रतिशतले सुधार हुँदा ८४४ रुपैयाँ कायम भएको छ । सर्वाधिक धेरै कमाउने तेस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । नेपाल पुनर्बीमा कम्पनीको ८.६८ प्रतिशतले सुधार भएर १५०३ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

त्यस्तै कालिका पावरको ८.२८ प्रतिशत, रिडी हाइड्रोपावर ८.२५ प्रतिशत, कर्णाली डेभलपमेन्ट ७.५७ प्रतिशत, माउन्टेन हाइड्रो ७.५३ प्रतिशत, लुम्बिनी विकास ७.२४ प्रतिशत, ज्योति विकास ६.४५ प्रतिशत, तेह्रथुम पावरको ६.०५ प्रतिशलते बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS