Connect IPS
IME Life

आज ५ कम्पनीको साधारण सभा हुँदै, लाभांश पारित सहित के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पाँच वटा कम्पनीकोे साधारण सभा हुँदैछ । आज साल्ट ट्रेडिङ कर्पोरेशन, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेण्ट बैंक र शिवम् सिमेण्ट्सले साधारण सभा गर्न लागेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले बिहान ११ बजे केन्द्रीय कार्यालय कालिमाटीमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १६ गतेसम्म बन्द रहनेछ । त्यसकारण कात्तिक १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Prabhu
Crest

त्यसैगरी शिवम् सिमेन्स्ले बिहान १० बजे होटल सोल्टीमा साधारण सभा बोलाएको छ । सभाले २९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गते बन्द गरिसकेको छ । यस आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सांग्रिला डेभलपमेण्ट बैंकले बिहान १० बजे लैनचौर ब्याक्वेटमा साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश कात्तिक ४ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।

सिटिजन्स बैंकले प्रधान कार्यालय दरबारमार्गमा साँझ ४ बजे साधारण सभा आयोजना गरेको जानकारी गराएको छ । सभाले १२ दशमलव ९१ प्रतिशत बोनश शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश असोज २१ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।

कुमारी बैंकले बिहान ११ः३० बजे नक्सालस्थित कार्यालयमा साधारण सभा बोलाएको छ । सभाले ६ प्रतिशत बोनश शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको लाभांश कात्तिक ७ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

सभामा लाभांश पारित सहित विभिन्न एजेण्डाहरु पारित हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS