Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकले संचालनमा ल्यायो थप २ शाखारहित बैंकिङ सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चाबजार र ताप्लेजुङको सिन्वामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका– ८ दाप्चाबजार र ताप्लेजुङको फाक्ताङलुङ गाउँपालिका–३ सिन्वामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकको भकुन्डेबेंसी शाखाअन्तर्गत रहने गरी दाप्चाबजारमा खोलिएको सेवाका लागि कृष्णकुमार श्रेष्ठ र ताप्लेजुङ शाखाअन्तर्गत रहने गरी सिन्वामा खोलिएको सेवाका लागि प्रेमप्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरेको छ ।

Prabhu
Crest

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका नागरिकले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जा ब्याज भुक्तानी, रेमिट्यान्सलगायत सेवा सेवा लिन सकिने बैंकले जनाएको छ ।

बैंकले हाल २८२ शाखा, २५२ एटीएम, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS